प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

nepal police

काठमाडौं, २५ कात्तिक । अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो।

देशबाहिर रहेकी अञ्जुले आवदेन पठाएको भोलिपल्टै प्रहरी रिपोर्ट पाउन सकिन्। त्यसका लागि उनले न प्रहरी कार्यालय नै धाउनु प¥यो न त आफन्त नै गुहार्नु प-यो । काम पनि सजिलै र छिट्टै भयो।

विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान कार्यालयमै पुगेर आवेदन दिनुपथ्र्यो । तोकिएको दिन रिपोर्ट लिन प्रहरी कार्यालयमै पुग्नुपथ्र्यो। स्वदेशमै रहेका सेवाग्राहीलाई फर्म दर्ता गर्न पनि लामो लाइन बस्नुपथ्र्यो। यो समस्या समाधान गरी काम सहज बनाउन प्रहरीले आवेदन संकलनका लागि ९ वटा केन्द्र थप गरेको छ।

गत ३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले आवेदन दर्ता गरेका थिए। तीमध्ये ३ हजार ५ सय ५० लाई रिपोर्ट प्रदान गरिएको तथ्यांक छ । कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबैजनालाई इमेलबाटै रिपोर्ट पठाइएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);