उम्मेदवार बन्न धरौटी राख्नुनपर्ने गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २३ असोज । संघीय संसद् र प्रदेशसभा गठन भएको एक महिनाभित्र मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन विधेयक आइतबार संसदबाट पारित भएको हो । पारित विधेयकअनुसार राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने छ ।

सरकारले २९ भदौमा संसद्मा दर्ता गरेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकलाई सामान्य हेरफेर गर्दै पारित गरिएको हो । सरकारले राष्ट्रपतिको उम्मेदवार बन्न एक लाख र उपराष्ट्रपतिको उम्मेदवार बन्न ७५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव राखेको थियो ।

उम्मेदवार बन्न धरौटी राख्नुपर्ने र प्रस्तावक तथा समर्थकको संख्याबारे सरकारले राखेको प्रस्तावविरुद्ध संशोधन परेको थियो । विधेयकमाथि १८ सांसदले एकल तथा संयुक्त गरी १० वटा संशोधन विधेयक दर्ता गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न धरौटी राख्नुनपर्ने तथा प्रस्तावक पाँचजना र समर्थक पाँचजना सांसद भए पुग्ने गरी संसद्ले विधेयक पारित गरेको खबर आजको नयाँपत्रिकामा दैनिकमा छापिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);