‘ब्रेक सु’ बाट निकालिएको सुन हिजो भन्दा आज ७३ ग्राम कम | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

‘ब्रेक सु’ बाट निकालिएको सुन हिजो भन्दा आज ७३ ग्राम कम

काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार छलेर बाहिरिएपछि बरामद भएको सुन गाल्ने काम सकिएको छ ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा गाल्न सुरु गरिएको थियो ।

गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

टक्सार महाशाखाका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । आज गाल्दा परिमाण केही ग्राम घटेर ६० किलो ७१६ ग्राम कायम भएको हो ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);