१०० किलो भनिएको सुन जोख्दा ६० किलो मात्र | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८१, सोमबार

१०० किलो भनिएको सुन जोख्दा ६० किलो मात्र

काठमाडौं । १०० किलो रहेको भनिएको बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

आज सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो । जोखिएको सुन भोलि गालिने बताइएको छ ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);