विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु

काठमाडौं, ३० साउन । त्रिभुवन विमानस्थलको भन्सार छलेर बाहिरिएपछि बरामद भएको सुन गाल्न सुरु भएको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा गाल्न सुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो,राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न थालिएको हो ।

१०० किलो रहेको भनिएको बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा सोमबार ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);