सुन गालेर सकियो,केही बेरमा तौल सार्वजनिक गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुन गालेर सकियो,केही बेरमा तौल सार्वजनिक गरिदैं

काठमाडौं, ३० साउन । त्रिभुवन विमानस्थलको भन्सार छलेर बाहिरिएपछि बरामद भएको सुन गाल्ने काम सकिएको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा गाल्न सुरु गरिएको थियो । गालिएको सुनको तौल २ बजेपछि सार्वजनिक गरिने बुझिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो,राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न थालिएको हो ।  १०० किलो रहेको भनिएको बरामद सुन सोमबार जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा सोमबार ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);