फागुन २१ काे निर्वाचनमा भाग लिने माओवादी केन्द्रकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

फागुन २१ काे निर्वाचनमा भाग लिने माओवादी केन्द्रकाे तयारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुने भएको छ ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेन्डाको रूपमा अघि सारेर चुनावमा सहभागि हुने भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।

पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा भएको आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार सर्कुलर पठाइएको हो ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सर्कुलरमा निर्वाचन प्रणालीको सम्बन्धमा पार्टीले विगतदेखि उठाउँदै आइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाउने साथै तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा समेत जोड दिइएको छ ।

माओवादीले मंसिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन गर्न केन्द्रीय समिति भंग गरेर प्रचण्ड संयोजक रहेको महाधिवेशन आयोजक समिति बनाइसकेको छ ।

Leave a Reply