प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ वा सकिँदैन भनी प्रधानमन्त्रीले आयोगका पदाधिकारी समक्ष चासो व्यक्त गरेका थिए।

 

आज भएको छलफलमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार पनि सहभागी थिए । यसैगरी मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने पनि छलफलमा सहभागी भएका थिए ।

 

निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहको सहभागिता रहेको थियो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच निर्वाचनका विषयमा छलफल भएको हो ।

 

सो अवसरमा प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन एकै पटकमा सञ्चालन गर्न कठिनाइ हुने पदाधिकारीले जानकारी गराएका छन् ।

 

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेर मात्र जानकारी दिनसक्ने आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);