प्रचण्डद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ ३२ साउन । बाढीपीडितले राहत वितरणमा ढिलाइ भएको गुनासो गरिरहेका बेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई मन्त्रीसहित बुधबार सप्तरीको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

 

बाढीप्रभावित क्षेत्रको अवलोकनपछि पूर्वप्रधानमन्त्री दाहालले पीडितलाई राहत तथा विस्थापितको पुनर्बासका लागि सरकार र पार्टी दुवैतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भूकम्पका बेला पहाडका पीडितलाई मधेसबाट उल्लेख्य सहयोग भएको स्मरण गर्दै दाहालले अहिले मधेसमा दुःख पर्दा पहाडबाट सहयोग हुनुले आपसी सद्भाव अभिवृद्घि गरेको बताउनुभयो । गृहमन्त्री जनार्दन शर्माले बाढीपीडितलाई राहत र दीर्घकालीन बासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता जनाउनुभयो । आपूर्तिमन्त्री शिवकुमार मण्डलले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव हुन नदिने भन्दै पीडितलाई आश्वस्त पार्नुभयो ।

सप्तरीमा बाढीबाट तीन हजार नौ सय ९० परिवार विस्तापित भएका छन् । दुई जनाको ज्यान गएको छ भने बाढीले बगाएर बेपत्ता भएका राजविराज नगपालिका १५ देउरी भरुवाका ५५ वर्षीय डोमी यादवको अवस्था अझै अज्ञात छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);