संसदीय समितिद्वारा प्रदेश २ को वाढी र डुवान क्षेत्रको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संसदीय समितिद्वारा प्रदेश २ को वाढी र डुवान क्षेत्रको निरीक्षण

जनकपुरधाम, ४ साउन । संसदीय समितिले प्रदेश २ मा बाढी र डुवान प्रभाबित क्षेत्रको स्थलगत अवलोकन शुरु गरेको छ । शनिवार संसदको राज्य ब्यवस्था तथा शुसासन समितिको टोलीले प्रदेश २ मा बाढीले पुर्याएको जनधनको क्षतिको विवरण बुझ्न स्थलगत निरीक्षण सुरु गरेको हो ।

शनिवार जनकपुर बिमान स्थलमा संचारकर्मीसंग कुराकानी गर्दै समितिका सदस्य तथा सांसद राजेन्द्र महतोले प्रदेश २ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

सांसद महतोले गत बिहिवार गृहमन्त्री सहितको टोलीले बाढी र डुवान प्रभाबित क्षेत्रका पीडितलाई नभेटी फर्किएको प्रति असन्तुष्टि जनाउनु भयो । सांसद महतोले सरकारले बाढी पीडितसमक्ष अझै राहत पुर्याउन नसक्नु दुःखद भएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);