चितवनमा नारायणी नदीको डुबान र कटानको स्थलगत अवलोकन गर्न पुगे अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चितवनमा नारायणी नदीको डुबान र कटानको स्थलगत अवलोकन गर्न पुगे अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा नारायणी नदीको डुबान र कटानका कारण भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

अध्यक्ष दाहालले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२६ को सिसई क्षेत्रको अवलोकन गरेका हुन् । अवलोकन गर्दै उनले नारायणी र राप्ती नदीको डुवान र कटानको समस्या स्थायी रुपमा सामाधान गर्न आफूले गुरुयोजना नै बनाई काम अगाडि बढाएको बताएका छन् । त्यसका लागि आवश्यक बजेट सुनिश्चितताको लागि समेत पहल गरिरहेको उनको दाबी छ ।

अनुगमनको समयमा स्थानीयले लगातारको वर्षाका कारण आएको बाढी र डुवानबाट भएको क्षतिका बारे अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । उनले सो क्षेत्रका समस्याहरुका बारेमा आफूलाई जानकारी रहेको बताउँदै स्थानीय बाढीपीडितलाई सुरक्षित रहन समेत आग्रह गरे ।

दाहालले सो क्षेत्रमा हुने नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत दाबी गरे ।

भरतपुर महानगरपालिकाको वडा नं. ३ को दोभान चोक, वडा नं. १६ को झनझने र वडा नं. २६ को सिसईमा गरी दुई सय ५० घर बाढीका कारण डुबानमा परेका थिए भने सय विघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);