संसद बैठकमा अधिकांश सांसद अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संसद बैठकमा अधिकांश सांसद अनुपस्थित

काठमाडौं, ३२ साउन । बुधबारको व्यवस्थापिका संसद बैठकमा अधिकांश सांसद अनुपस्थित भएपछि सांसद बस्ने कुर्ची खाली देखिए ।

 

तराई मधेसका अधिकांश जिल्ला बासी बाढी र डुबानको चपेटामा परेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले समस्या समाधान तथा आवश्यक नीतिगत व्यवस्थामा सार्वजनिक संकल्प आवश्यक पर्ने भन्दै व्यवस्थापिका संसदको मंगलबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको थियो ।

 

सत्ता पक्षकै सांसदहरुको अनुपस्थिती

 

सार्वजनिक महत्वको प्रस्तावको विषय अत्यन्तै महत्वपूर्ण भएपनि बैठकमा सत्ता पक्षकै सांसदहरुको अनुपस्थिति बढी देखिएको छ । सरकारले पनि एक जना मन्त्रीबाट आफ्नो उपस्थिति जनाएको छ । मन्त्री तथा सत्तारुढ दलकै सांसदहरुको न्युन उपस्थितिलाई लिएर प्रमुख विपक्षी दलका सांसदहरुले सरकार र सत्तारुढ दलका सांसदहरु विषय वस्तुको गाम्भिर्यता प्रति सचेत नभएको आरोप  लगाए ।

 

बाढी र डुबानका सम्बन्धमा केन्द्रीत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको व्यवस्थापिका संसद बैठकमा अधिकांश कुर्ची खाली

 

प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम थोरै भएको भन्दै कम्तिमा ५ लाख घोषणा गर्न माग गरे । सांसद डाक्टर वंशीधर मिश्रले बाढी र डुवान प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नै नभएको भन्दै पीडितलाई २ लाख रुपैयाँको राहत घोषणा गरेर सरकारले छारो हाल्ने काम गरेको आरोप लगाए ।

 

त्यसैगरी सांसद राम कुमार भट्टराईले मृतकका परिवारलाई प्रतिपरिवार ५ लाख उपलब्ध गराई स्वरोजगार संचालन गर्नका लागि २ लाख रुपैयाँ निब्र्याजमा उपलब्ध गराउन माग गरे ।

 

नेकपा माओवादी केन्द्रका सांसद अग्नि प्रसाद सापकोटाले बाढी पीडितलाई रकम दिँदा राष्ट्र गरिब नहुने भन्दै मृतकका परिवारलाई ५ लाख उपलब्ध गराउन माग गरे ।

 

सांसद ईश्वरी न्यौपानेले तत्काल घोषणा भएको रकम प्रयाप्त नभएपनि राहत र उद्धारमा सरकारले सम्पुर्ण शक्ति परिचालन गरेको भन्दै सरकारको बचाउ गरे ।

 

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम बढाउनुपर्नेमा नै जोड दिदै उद्धारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);