आज संसद बैठक : सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ३२ साउन । आज हुने संसद बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ। संसदमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनेछन्।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रस्ताव गरेको सार्वजनिक महत्वको प्रस्तावमा ऋषिकेश पोखरेल, कृष्णभक्त पोखरेल र शत्रुघन महतो समर्थक रहेका छन्।

सँधैजसो वर्षायाममा आउने महामारी जस्तो बाढी पहिरोको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो।

प्रस्तावमा नेपाली भूभाग डुबानमा पर्ने गरी भारतले सीमा क्षेत्र र दशगजामा एकतर्फी बाँध बनाएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);