प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८०, शुक्रबार

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

sanghiya samsadh

काठमाडौं, २३ फागुन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्ने र त्यसमाथि छलफल हुने भएको हो ।

प्रतिनिधिसभाको सचिवालयले शुक्रबारकोे बैठकमा थापाले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले गरिहेको काम, अस्पतालको अवस्थाका बारेमा सरकारले सदनलाई जानकारी दिने तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्ने विषयमा सांसद थापाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको छ ।

थापाको प्रस्तावमा कांग्रेस सांसदहरू संजयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्काले समर्थन गर्नु भएकोछ । उक्त प्रस्तावमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले निश्चित समय छुट्याउनु हुनेछ ।

सांसदहरूले छलफलमा उठाएका विषयमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जवाफ दिनु हुनेछ । शुक्रबार नेपाली भूमिबाट भारतीय हटाउनुपर्ने संकल्प प्रस्ताव पनि कार्यसूचीमा रहेकोे छ ।