नेपालको हर्वल र हस्तकलाका सामग्री निर्माणमा लगानी गर्न चीन इच्छुक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालको हर्वल र हस्तकलाका सामग्री निर्माणमा लगानी गर्न चीन इच्छुक

nepal-chaina-commerce

काठमाण्डौँ ३२ साउन । चीनले नेपालको हर्वल र हस्तकलाका सामग्री निर्माणमा लगानी गर्न चासो दिएको छ ।

 

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा नेपालको हर्वल र हस्तकला सामग्रीको निर्माणमा लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् । बुधबार काठमाडौंमा भएको भेटवार्तामा उनले नेपालसँगको व्यापार विस्तार गर्न चीन लागि परेको पनि बताए ।

 

रेलमार्ग र सडक मार्गको विस्तार गरी नेपालमा व्यापार विस्तार गर्न आफूहरु प्रतिवद्ध रहेको कुरा चिनियाँ उपप्रधानमन्त्री याङले बताएको महासंघकी अध्यक्ष भवाणी राणाले बताईन् । महासंघले नेपाल–चीनबीचको व्यापारलाई सहज बनाउन तातोपानी नाका खुलाउने काममा ढिलाई नगर्न पनि उपप्रधानमन्त्री याङ नेतृत्वको उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डलको ध्यानाकर्षण गराएको थियो ।

 

चीनले नेपालमा रेल मार्ग र सडक मार्ग निर्माण गरी दुई मुलुकबीचको व्यापारलाई सहज बनाउने प्रतिवद्धता जनाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);