राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेटबार्ता भएको छ । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

 

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यसका निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह समेत गरेकी हुन्।

 

साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाएकी छन्। रासस