राष्ट्रपति भण्डारीले लोकतान्त्रिक अभ्यासलाई पालना गर्न नखोजेको टिप्पणीः रामनारायण विडारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति भण्डारीले लोकतान्त्रिक अभ्यासलाई पालना गर्न नखोजेको टिप्पणीः रामनारायण विडारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसकेको टिप्पणी गरेका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य विडारीले अन्य मुलुका राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको दृष्टान्त दिदै नेपालमा भने संविधानमा स्पष्ट लेखिएको कुरालाई पनि राष्ट्रपतिले वेवास्ता गरेको आरोप लगाएका हुन् । उनले संविधान बन्न नदिन प्रयास गरेको भारतले त्यसको सफल कार्यान्वयन हुनबाट रोक्न सोही समय देखि नै प्रयास गरेको आरोप पनि लगाए ।

संविधान निर्माणको क्रममा संविधानको धारा ७६ को उपधारा ५ माथिको व्याख्या र टिप्पणी गायब गरिएको पनि विडारीले आरोप लगाएका छन् । उनले सरकारले ल्याएको विधेयकलाई सरकारी पार्टी हुँ भन्ने ले नै विधेयकको विरोधमा भोट हाल्न , संसोधन गर्न पाउने व्यवस्था भएको भन्दै संविधानको धारा ७६ को उपधारा ५ पनि प्रधानमन्त्री चुन्ने विशेष व्यवस्था समेत भएकोे उल्लेख गरेका छन् ।

त्यस्तै, राष्ट्रियसभा सदस्य डां. खिमलाल देवकोटाले प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत नभएको भन्दै सत्तापक्षले संविधानको गलत व्याख्या गरेको दाबी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन संविधान र राष्ट्रपतिको घात,बेइमानी र धोकाधडी भएको जिकिर गरेका छन्।

देवकोटाले आवाधिक चुनाब बाहेकको अवस्थामा जनतालाई आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गर्नु संविधानको मर्म विपरित भएको दाबी गरेका छन् ।

२०७७ साल फागुन ११ गते सर्वोच्च अदालतले गरेको फैसलालाई आफुले आधार बनाएको र अदालतले गरेको व्याख्यामा प्रतिनिधिसभा विघटन नभनी प्रतिनिधिसभा भित्रै विकल्प खोज्नुपर्ने र त्यसका लागि दलहरुबीच सहमति खोज्न भनेको जिकिर गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);