प्रचण्ड र ओलीले चाहँदैमा नेकपा फुट्दैन : रामनारायण विडारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रचण्ड र ओलीले चाहँदैमा नेकपा फुट्दैन : रामनारायण विडारी (भिडियोसहित)

kharo prashna with ramnarayan bidari

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता रामनारायण विडारीले पार्टी भित्र छलफल हुनु, वादविवाद हुनु, मतभेद हुनु भनेको स्वाभाविक भएको बताउनु भयो । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै नेता विडारीले दुई अध्यक्षद्वयबीच छलफल भईरहेको र एकता प्रक्रिया नरोकिने पनि बताउनु भयो । उहाँले मानिसहरु पार्टी मिलेकोमा ईर्ष्या गर्ने, आत्तिने र पार्टी मिलेर वर्वाद भयो भन्ने टिप्पणी गरिरहेको पनि बताउनु भयो । नेता विडारीले कम्युनिष्टको नामको जस्तो काम गर्न नसकेको र अहिलेको संविधान कम्युनिष्ट संविधान नभए पनि पार्टीको नाम चाहिँ कम्युनिष्ट भएको स्वीकार गर्नु भयो । उहाँले केपी ओली र प्रचण्ड कच्चा नभएको पनि स्पष्ट पार्नु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा नेता रामनारायण विडारीसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);