दाहाल-नेपाल समूहले दर्ता गर्‍यो दलको नेता परिर्वतनको सूचना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

दाहाल-नेपाल समूहले दर्ता गर्‍यो दलको नेता परिर्वतनको सूचना

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।

शुक्रबार संसदको अधिवेशन सुरु हुनुपुर्व प्रचण्ड माधव समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो ।

१ सय १२ जनाको हस्ताक्षर सहित दलको नेता निर्विरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराईएको नेता रामनारायण विडारीले जानकारी दिए । पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाईएको छ ।

दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै १ सय १२ जना हस्ताक्षरकर्ता सांसदहरु समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सुचना दर्ता गरिएको जानकारी दिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);