प्रदेश २ पस्यो नेकपाको झगडा, मण्डलविरुद्ध अविश्वासको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश २ पस्यो नेकपाको झगडा, मण्डलविरुद्ध अविश्वासको प्रस्ताव

जनकपुरधाम, १७ पुष । नेकपा प्रदेश २ मा संसदीय दलको नेता हटाउने तयारी भएको छ। यसका लागि नेकपाका दाहाल नेपाल समूहले हस्ताक्षर गरी दर्ताको तयारी गरेका छन् ।

प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको छ । संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाई सकिएको थियो ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् ।

आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहको दावी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);