संसोधन सम्बन्धि विधेयक संविधान सम्मत भएको कानूनमन्त्री ढकालको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संसोधन सम्बन्धि विधेयक संविधान सम्मत भएको कानूनमन्त्री ढकालको दाबी

bhanubhakta dhakal

काठमाडौं, १३ असार । कानुनमन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगको ऐन संसोधन सम्बन्धि विधेयक संविधान अनुसार नै ल्याइएको दाबी गर्नुभएको छ ।

शुक्रवार संसदको कानून न्याय तथा मानवअधिकार समितिले गरेको एक कार्यक्रममा मन्त्री ढकालले राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधनसम्बन्धि विधेयक संविधानसम्मत ढंगले आए पनि संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँडने छुट कसैलाई पनि नभएको बताउनुभयो । भयो ।

राष्ट्रिय मानव अधिकार आयोगले विधेयकको बिरोध गरेको प्रति इंगित गर्दै मन्त्री ढकालले बिरोधको कुनै औचित्य नभएको दाबी गर्नुभयो ।

उहाँले सरकारले सरकारवादी मुद्दाको न्याय निरुपण गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई संविधान अनुसार नै दिएको दावी गर्दै त्यसमा राष्ट्रिय मानव अधिकार आयोगले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।

कार्यक्रममा यूएनडिपीका मानव अधिकारसम्बन्धि विज्ञ केभिन डेभेयूक्जले विभिन्न देशका भएका मानव अधिकारका असल अभ्यासहरुको चर्चा गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);