राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयकमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयकमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण

अध्यक्ष अनुपराज शर्मा

काठमाडौं, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले संसदमा पेश गरिएको राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयकमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्तताको गरिमालाई बुझेर सोही अनुसारको कानुन निर्माण गर्न सरकार सक्षम हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

आयोगको १९ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले मिडिया काउन्सिल विधेयकप्रति भईरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो र चिन्तालाई पनि सरकारले तत्काल सम्बोधन गर्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष शर्माले द्वन्द्वकालिन मानव अधिकार उलंघन घटनाका पीडितहरुलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);