एमालले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाई गरेको बिडारीको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एमालले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाई गरेको बिडारीको आरोप

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेर कोरोनाको रोपाइँ गरेको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रियसभामा बोल्दै बिडारीले प्रतिपक्षमा रहेको एमालले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै जुलुस गरेर कोरोनाको रोपाइँ गरेको आरोप लगाएका हुन् ।

केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले बाँदरको मुकुण्दो पहिरेर काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यसैलाई लक्षित गर्दै बिडारीले बिहीबार राष्ट्रियसभामा यस्तो टिप्पणी गरेका हुन्।

त्यसैगरी बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताएका छन्। उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने तर्क राखेका हुन् । उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे ।

बिडारीले विगतको सरकारले नेपाली नागरिकलाई रैती बनाएको पनि बताए । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उनले आरोप लगाए । नागरिकलाई विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उनले उल्लेख गरे ।

आजसम्मका सरकारले भूमिहिनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले आरोप लगाए । भूमि सम्बन्धी समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

प्रतिनिधि सभा पुनस्र्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);