एमाले कार्यदलको बैठक भोलि बस्दैँ, कार्यदलले अध्यक्ष ओली र नेपालसंग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले कार्यदलको बैठक भोलि बस्दैँ, कार्यदलले अध्यक्ष ओली र नेपालसंग छलफल गर्ने

काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार पारेको विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालविच छलफल हुने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको एमाले कार्यादलको बैठकल प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मकरुपमा छलफल भएको र चाँडै टुङ्गो लाग्ने बताएका छन् ।

दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तीन दिनअघि कार्यदलको बैठक पुनः शुरु भएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमति र संवादको ढोका खुला भएको हो ।

एमाले विवाद समाधानका लागि दुई पक्षबीच गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन भएको थियो । गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय अवस्थामा रहेको थियो ।

कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल रहेका छन् । त्यस्तै नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);