कार्यदलको बैठक : सहमतिको प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कार्यदलको बैठक : सहमतिको प्रयास जारी

काठमाडौं । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको निर्णायक बैठक जारी रहेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षबीच रहेको विवाद समाधान गरी पार्टी एकताका लागि गएको बुधबारबाट निरन्तर बैठक बस्दै आएको कार्यदलको आजको बैठकले सहमतिको औपचारिक घोषणा गर्ने नेताहरुले बताएका छन् ।

शनिबार बसेको बैठकमा सहमतिहरु भएको र त्यसको मस्यौदा तयार गरी आज ओली र नेपाललाई हस्ताक्षर गराउने विषयमा छलफल भईरहेको बताइएको छ । आइतबार बिहान ८ बजे बस्ने भनिएको बैठक नेता नेपाल पक्षका नेताहरु ढिलो सिंहदरबार पुगेपछि बैठक ९ बजे पछि मात्र सुरु भएको थियो । बैठकअघि नेपालसँग कोटेश्वरस्थित उनको निवासमा छलफल गरेर नेपाल पक्षका नेताहरु बैठकमा पुगेका हुन् ।

नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने गरी सहमति नगर्ने अडान लिँदै आएका छन् । यसै विषयलाई सहमतिमा पुग्न केही अवरोध सिर्जना भएको बताइएको छ । पटक पटकको लामो बैठक पछि एमालेमा एकता कायमका लागि सहमति बन्ने नबन्ने विषय नेपाली राजनीतिको केन्द्रमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);