सुरु भयो कार्यदलको बैठक, होला त आजको बैठक निर्णायक ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुरु भयो कार्यदलको बैठक, होला त आजको बैठक निर्णायक ?

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका माधव कुमार नेपाल पक्षका नेताहरु कोटेश्वरस्थित नेपाल निवासबाट फर्किएसँगै कार्यदलको बैठक सुरु भएको छ ।

यसअघि सिंहदरबारमा ओली पक्षका नेताहरुसँगको अनौपचारिक छलफलपछि कार्यदलमा रहेका नेपाल पक्षका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनीहरु फर्किएलगत्तै सिंहदरबारमा बैठक सुरु भएको हो ।

कार्यदलको शुक्रबार बसेको बैठकले पार्टी एकता एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको बताएको थियो । बैठकमा सहभागी प्रदीप ज्ञवाली र गोकर्ण विष्टले शुक्रबार सहमति निष्कर्षमा पुगेको र शनिबारको बैठकबाट भाषा मिलाएर सहमति तथा निर्णय सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

आजै यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);