कार्यदल बैठक सकियो, आइतबार निष्कर्ष आउने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कार्यदल बैठक सकियो, आइतबार निष्कर्ष आउने

काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ । शनिबार सिंहदरबारमा बसेको एमाले कार्यदलको बैठक सहमतिमा नपुगी सकिएको हो ।

आज बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकताका समस्याहरु के के हुन् र कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

विष्टका अनुसार भोलिसम्म सहमतिमा र्पुयाउने प्रयास हुने छ। भोलि सम्म सहमति हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भनिएको छ । त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने उनले बताए ।

वार्ताअघि माधव नेपाल पक्षधर वार्ता टोली सदस्यहरु उनलाई भेट्न कोटेश्वर पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);