बैठक नरोक्ने अध्यक्ष ओलीको अडानपछि बाहिरिए नेपाल पक्षका नेताहरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैठक नरोक्ने अध्यक्ष ओलीको अडानपछि बाहिरिए नेपाल पक्षका नेताहरु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरुले जारी बैठक केही दिन रोक्न भन्दै बैठक स्थलमा पुगेको थिए । तर ओलीले भने बैठक रोक्न अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएर पनि ओलीले सम्बोधन सुरु गरेपछि कार्यदलका नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, भिम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट बैठक रोक्न बैठक स्थल पुगेको थिए ।

उनीहरुले एमालेमा एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहो¥याउँदै बैठक जारी राखेका थिए । रावलले स्थायी कमिटी बैठक र आजै बोलाएको संसदीय दलको बैठक सार्न आग्रह गरेपनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अगाडि बढाउने अडान राखेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका हुन् ।

बैठकबाठ बाहिरिएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको बताए । कार्यदलको सहमति अनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझाव विपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पु¥याएको रावलको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);