स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

एजेन्सी, २४ चैत । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० गोल अन्तरले जित निकालेको हो । तिसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमासमेत पुग्न सफल भएको छ ।

उसले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी एकमा झारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भएको भालाडोलिडलाई पराजित गर्न सफल रह्यो ।

बार्सिलोनाका लागि ९० औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेका हुन् । जितपछि बार्सिलोनाको २९ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट शीर्ष स्थानको एथ्लेटिको मड्रिडका ६६ तथा तेस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);