क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु, ६ घाइते

goli parahar

एजेन्सी, ३ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अन्य ६ जना घाइते भएका छन् ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेको र उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएका थिए । प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);