काश्मिरमा हिम पहिरोमा परेर ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काश्मिरमा हिम पहिरोमा परेर ६ जनाको मृत्यु

BHARAT KASMIR HIU

एजेन्सी, ३ मंसिर । भारत प्रशासित काश्मिरको शियाचिन क्षेत्रमा हिम पहिरोमा परेर ४ भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ । हिमश्रृखलाको करिब ५८ सय मिटरको उचाइमा गस्ती गरेको समयमा उनीहरु हिमपहिरोमा परेका हुन् ।

हिम पहिरोमा परेर घाइते भएका ७ जनाको उद्धार गर्नुका साथै मृतकका शव पहिरोबाट सेनाको टोलीले निकालेको बीबीसीले बताएको छ । उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल र्पुयाइएको थियो । लामो समयदेखि जारी भारत र पाकिस्तानको सीमा विवादका कारण उक्त क्षेत्रमा ठूलो संख्यामा सेना परिचालित हुँदै आएका छन् । सन् २०१६ मा पनि उक्त क्षेत्रको हिम पहिरोमा परेर १० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);