लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिले भ्यानमा आफैलाई गोली हानेको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिले भ्यानमा आफैलाई गोली हानेको पुष्टि

एजेन्सी । लस एन्जलस गोलीकाण्डका संदिग्धले आफैलाई गोली हानेको खुलासा भएको छ । रिपोर्टहरूका अनुसार लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले पुलिसले घेरेपछि आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ।

अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोलीबारी भएको हो । यस गोलीबारीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । जानकारी अनुसार प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए ।

लस एन्जलस काउन्टी शेरिफ रोबर्ट लुनाले मृतक ७२ वर्षीय हु क्यान ट्रानको रूपमा पहिचान गरे र अन्य कुनै संदिग्धहरू फरार नभएको बताए । उनले भने,‘आक्रमणको कारण, जसमा १० व्यक्तिको मृत्यु भयो र धेरै घाइते भए ।’

प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध–स्वचालित आक्रमण पेस्तोल पनि फेला पारेको छ । जसलाई प्रहरीले लस एन्जलस गोलीबारीमा प्रयोग भएको आशंका गरेको छ । यद्यपी यसबारे प्रहरीले कुनै पुष्टि गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);