पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, आजै सपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, आजै सपथग्रहण

shivamaya tumbahamfe

काठमाडौं, ५ फागुन । निवर्तमान उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तुम्वाहाम्फेलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गर्नुभएको हो ।

तुम्बाहाङ्फेले आजै साढे तीन बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गर्नुहुने जनाइएको छ । यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आउनुभएको थियो ।

लामो समयको विवादपछि उहाँले अन्ततः राजीनामा दिनुभएको थियो । तुम्वाहाम्फेले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहनुभएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);