रघुजी पन्त शिक्षामन्त्री नियुक्त,ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

बैशाख १० बुधबार ।
नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो ।

पन्तको शपथ ग्रहण भोलि हुनेछ ।एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तलाई हटाएका थिए । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।

Leave a Reply