त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्याल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. दिपक अर्याल नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राडा अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएकाे हाे ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले प्राडा दिपक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले प्राडा अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएकाे हाे । प्राडा अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुनुहुन्छ ।

गत चैत १५ गते प्राडा केसरजंग बरालले उपकुलपतिकाे पदबाट राजीनामा दिनुभएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

Leave a Reply