त्रिवि उपकुलपतिको एक महिने ‘परिचय’ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

त्रिवि उपकुलपतिको एक महिने ‘परिचय’

tu upakulpati

काठमाडौं, १७ मंसिर । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा धर्मकान्त बाँस्कोटालाई उपकुलपति नियुक्त गरेको आज एक महिना पूरा भएको छ तर देखिने गरी कुनै काम भएको छैन। सोध्नेहरूलाई उहाँले ‘परिचयात्मक गतिविधि हुँदै छ’ भन्ने गर्नुभएको छ।

पदभार ग्रहण गर्ने क्रममा प्राडा बाँस्कोटाले त्रिविलाई राजनीतिबाट मुक्त गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने बताउनुभएको थियो। यस अवधिमा उहाँ अधिकांश समय विभिन्न निकायसँगको भेटघाटमा देखिनुभयो। उहाँको योजनाको बारेमा पत्रकार भेटघाट गर्न पुग्दा भन्ने गर्नुभएको थियो छ– ‘अहिले म केही पनि बोल्दिनँ, बोल्ने बेलामा तपाईंहरूलाई बोलाउँला।’

त्रिविका एक अधिकारीका अनुसार उहाँले अहिलेसम्म केही गर्नुभएको छैन, केबल गफगाफ गर्ने अनि यो गर्छु र त्यो गर्छु मात्र भन्ने गर्नुभएको छ।

त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजक रहेको सर्च कमिटीले सिफारिस गरेका तीन जनामध्ये डा. भगवान कोइराला र प्राडा चन्द्रमणि पोखरेललाई पछि पार्दै नियुक्त हुँदा उहाँले धेरै काम गर्ने बताउनुभएको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);