कानूनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कानूनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त

Bhanu-bhakta-Dhakal

काठमाडाैं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

यसअघि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा शेरबहादुर तामाङ थिए । विवादास्पद अभिव्यक्तिका कारण तामाङले पदबाट राजीनामा दिएपछी सो पद रिक्त थियो ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएका कारण तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनको चौतर्फि विरोध भएको थियो।

चौतर्फि विरोध भएपछि नेकपाले उनको राजीनामा मागेको थियो । पार्टीले राजीनामा मागेपछि आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरि तामाङले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);