प्रकाशचन्द्र लोहनीको प्रश्न– सत्तामा पुगेर शक्तिको दुरुपयोग गर्नु नै अग्रगमन हो ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

प्रकाशचन्द्र लोहनीको प्रश्न– सत्तामा पुगेर शक्तिको दुरुपयोग गर्नु नै अग्रगमन हो ?

काठमाडौं। राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरुले दुरुपयोग गरेको आरोप लगाएका छन् । काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरुपयोग गरेर जनताविरुद्ध नै प्रयोग गरेको आरोप लगाए । यदी कसैले दुरुपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उनको भनाइ छ। ‘यदी कसैले राज्यशक्तिको दुरुपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ ,’ उनले भने, हामीलाई यस्तो भन्ने साथीहरुलाई सोध्न चहान्छु, संविधानको निरन्तर उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ। सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यही हो अग्रमगन भनेको ?’ यसबारे राप्रपाले जवाफ खोजेको भन्दै उनले पैसा लिएर भागबण्डलाई गर्नेलाई पनि अग्रमगन हो भन्दै प्रश्न गरे। प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका उनले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाए।

आफूहरु संसदमा पुगेपछि अग्रगामीको नाममा दुर्गन्धपूर्ण भएका नवसामन्तीहरुको नागेंझार पार्ने डा. लोहनीको चेतावनी छ।

Leave a Reply