अमनलाल मोदीको घरदैलोमा महेश आचार्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमनलाल मोदीको घरदैलोमा महेश आचार्य

विराटनगर। नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा हिँडेका छन् । गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् । २०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनमा भागवण्डा हुँदा मोरङ ४ माओवादी केन्द्रले पायो । माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् ।  बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको  रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । मोरङ ४ मा एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन्।

मोरङ ४ बाट अमनलाल मोदीलाई जिताउने अभियानमा महेश आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता-कार्यकर्ताहरूले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);