कम्युनिष्ट नेताले सत्तामा पुगेर सिद्धान्त बिर्सिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कम्युनिष्ट नेताले सत्तामा पुगेर सिद्धान्त बिर्सिए

maoist,

सीता शर्मा
काठमाडौं, ७ भदौ । बुर्जुवा परम्परा विरुद्ध लागेर सर्वहारा बर्गका लागी संघर्ष गर्ने कम्युनिष्ट नेताहरुको आचरण सत्तामा पुगेपछी परिवर्तन हुने गरेको आरोप लाग्ने गरेको छ ।

सत्तामा पुगेपछि कम्युनिष्ट सिद्धान्त विपरीत पुँजिपती वर्गकै प्रतिनिधित्व हुनेगरी कम्युनिष्ट नेताहरु लाग्ने गरेका छन् । नेपालमा सामन्ती र बर्जुवा गतिविधी विरुद्ध संघर्ष गरेका कम्युनिष्ट नेताहरु अहिले सत्ताको बागडोर सम्मालीरहेका छन् । तर तिनै नेताहरु अहिले सत्तामा पुगेर कम्युनिष्ट सिद्धान्त बिर्सेर पूँजिपति शैलीलाई अंगालेको कम्युनिष्ट नेताहरुले नै बताउने गरेका छन् ।

कम्युनिष्ट सिद्धान्तले बर्गिय समानता, समाजवाद साथै सामाजिक न्यायलाई आफ्नो मुलमन्त्र मानेको हुन्छ । तर त्यहि सिद्धान्तको आडमा राजनीति गरेका नेपालका राजनीतिक दल र तिनका नेताहरुमा भने सिद्धान्त अनुरुपको व्यवहार र आचरण भने पाउन सकिँदैन ।

नेपालमा अहिले सबैभन्दा ठुलो पार्टी नै कम्युनिष्ट पार्टी बनेको छ । जसले सरकारको समेत नेतृत्व गरीरहेको छ । कम्युनिष्ट सिद्धान्तका नेताहरुले लामो संघर्ष गरेर सर्वहारा वर्गका नाममा लडाई गरेका नेताहरु अहिले सत्तामा पुगेर आफ्नो सिद्धान्त विर्सिएको स्वयंम् बामपन्थी नेताहरु नै स्वीकार गर्छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरु अब नामका मात्र कम्युनिष्ट भएको आरोप लागीरहेको छ । हिजो सत्तामा नभएका बेला बुर्जुवा शैलीको विरोध गरेरका नेता अहिले आफै शासक शैलीमा चलिरहेको विश्लेषण गरीन्छ ।

यस्तै आचारण रहे वास्तवमै कम्युनिष्ट सिद्धान्त र कम्युनिष्ट आचारण पतन हुन सक्ने सम्भावना रहेकाले यसमा सचेत हुनुपर्ने बेला आएको कम्युनिष्ट नेताहरुको भनाई छ ।

कम्युनिष्ट दर्शन, सिद्धान्त र विचारबाट अलग्गीएर पद र पैसाको लागि मरिहत्ते गरीरहेको हुनाले अहिले सत्ता सम्हालेका कम्युनिष्टहरु नाम मात्रका कम्युनिष्ट रहेको र उनीहरुले कम्युनिष्ट सिद्धान्तको समेत खिल्ली उडाएको कम्युनिष्ट नेता सिपी गजुरेलको दाबी छ ।

कम्युनिष्ट नेता उत्पीडित र सर्वहारा वर्गका पक्षमा लडिरहने हुनाले उनीहरुले व्यक्तिगत सुख र स्वार्थ हेदैनन् भन्ने आम बुझाई हो तर नेपालका कम्युनिष्ट नेताहरु व्यक्तिगत सुख र सुविधामा रमाइरहेको र हिजो जनता माझ बाँडेका सपना बिर्सिएको हुनाले जनतामा समेत कम्युनिष्ट सिद्धान्त र नेताहरु देखि वितृष्णा जागृत हुन थालेको सिपी गजुरेल बताउँछन् ।

नेपालमा २००६ साल देखि कम्युनिष्ट आन्दोलन सुरु भएको थियो । त्यसको प्रतिफल अहिले सरकारमा दुई तिहाईको कम्युनिष्ट सरकार छ । तर जुन कम्युनिष्ट सिद्धान्तलाई जनता माझ लगेर जतनाको मत जितेका नेताहरुले अहिले त्यसअनुरुपको काम गर्न सकेका छैनन् ।

त्यसैले सर्वहारा वर्गलाई केन्द्रमा राखेर राजनीति गरेका नेताहरुले अहिले आफै बुर्जुवा शैली अपनाउँदा भविष्यमा नेपालमा पनि कम्युनिष्ट पार्टीहरुको अस्तित्व मेटिन सक्ने समय नआउला भन्न सकिदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);