आज सेना दिवस, सैनिकमञ्चमा विशेष कार्यक्रम हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

आज सेना दिवस, सैनिकमञ्चमा विशेष कार्यक्रम हुँदै

sena diwas

काठमाडौं, ९ फागुन । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

जंगीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);