लगानी बढाउन बेलायत सरकारलाई एमाले अध्यक्ष ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

लगानी बढाउन बेलायत सरकारलाई एमाले अध्यक्ष ओलीको आग्रह

एमाले अध्यक्ष ओलीले नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको भेटवार्तामा नेपालमा लगानी गर्न आग्रह गरेका हुन । एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा ओलीले नेपालमा अब राजनीतिक अस्थिरता नहुने भन्दै निर्धक्कपूर्वक लगानीकर्तालाई पठाउन बेलायती रक्षामन्त्रीसँग आग्रह गरे ।

kp oli

काठमाडौं, १ फागुन । एमाले अध्यक्ष ओलीले नेपाल भ्रमणमा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको भेटवार्तामा नेपालमा लगानी गर्न आग्रह गरेका हुन । एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा ओलीले नेपालमा अब राजनीतिक अस्थिरता नहुने भन्दै निर्धक्कपूर्वक लगानीकर्तालाई पठाउन बेलायती रक्षामन्त्रीसँग आग्रह गरे ।

जवाफमा बेलायती रक्षामन्त्री ल्यान्क्यास्टरले नेपालको समग्र विकासका लागि लगानी गर्ने विषयमा बेलायत सधै सकारात्मक रहेको बताएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । भेटवार्तामा बेलायती सेनामा काम गरेका पूर्व गोरखा सैनिकको पेन्सन सुविधा तथा बेलायतमा चार्टर्ड एकाउण्टेन्ट विषय अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई नेपालमा मान्यता दिने विषयमा पनि छलफल भएको थियो ।

ताजा समाचार