ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्यमीलाई अर्थमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्यमीलाई अर्थमन्त्रीकाे आग्रह

काठमाडौं, २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्यमीहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए।

नेपाल र फ्रान्सका उद्यमीहरुबीचको सहकार्यसम्बन्धि कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपालको जलविद्युत र प्रविधिको क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन पनि फ्रान्सका उद्यमीहरुको ध्यानाकर्षण गराए ।

अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि दक्षिण एशीयाकै सबैभन्दा उपयुक्त मुलुक भएको बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको उल्लेख गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न फ्रान्सका उद्यमीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँगको भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

नेपाल लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । व्यवसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्साँ जाभियर लेजेर, दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिष्टर अफ काउन्सिलर जो मार्क फने लगायतको पनि उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);