बहुमूल्य धातुको उत्खननमा लगानी गर्नुस् : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बहुमूल्य धातुको उत्खननमा लगानी गर्नुस् : अर्थमन्त्री

yuwaraj khatiwada

रुपन्देही, १९ चैत ।  अर्थमन्त्री डा. युवराज खतिवडाले बहुमूल्य धातु जन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । उनले हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका खानीको उत्खननमा लगानी गर्न विदेशीहरुले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातुहरुको उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं बार्षिक साधरणसभालाई सोमबार मणिग्राममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकार विदेशीहरुलाई खानी उत्खननमा लगानी दिन इच्छुक नरहेको स्पष्ट पारे।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘बहुमल्य धातुको व्यवसायमा विदेशीहरु आउन खोजेका छन तर हामी नेपालीहरुलाई दिनुपर्छ भन्नेमा छौं’ अर्थमन्त्री खतिवडाले भने –‘नेपालीले मात्रै नसके संयुक्त लगानीमा छलफल गर्न सक्छौं।’ उनले नेपालमा सुनको तयारी गहनाको निर्यात गर्नमा समेत व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए। ‘नेपालमा सुनको आयात बढाएर गहना मात्रै बनाउने होईन खानी खोजेर लगानी गर्नुस’, अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई भने।

उनले नेपालमा व्यवसायीहरुले सुनको दैनिक आयात कम भएको गुनासो गर्दै आएकाले यसबारे सरकारले पुनर्विचार गर्ने बताए। उनले सुनको आयात र निर्यातका लागि सुनको बैंक स्थापना गर्नुपर्ने बताए। उनले सुनसहित खाद्य र अन्य नापतौलको गुणस्तर मापनका लागि प्रत्येक प्रदेशमा मापन मेशिन राख्ने बारे आगामि बजेटमा व्यवस्था गरिने प्रतिबद्धता पनि जनाए। सरकार र निजी क्षेत्रले संयुक्त रुपमा तालिम सञ्चालन गरेर युवा पुस्तालाई जनशक्तिका रुपमा अगाडि ल्याउनुपर्ने बताए। उनले नयाँ पुस्तालाई ल्याउनका लागि सरकार बजेट व्यवस्थापन गरेर जान तयार रहेको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);