लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्रीको आग्रह

yubraj khatiwada-lagani sammelan

काठमाडौं, २ माघ । सरकारले ‘नेपाल लगानी सम्मेलन’बारे कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाहरुलाई औंपचारिक रुपमा जानकारी गराएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार सिंहदरबारमा नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरुलाई बोलाएर ‘नेपाल लगानी सम्मेलन’बारे औंपचारिक जानकारी गराएका हुन् ।

आगामी चैत्र १५ र १६ गते वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले सो सम्मेलन आयोजना गर्दैछ । लगानी सम्मेलनलाई सफल बनाउन आवश्यक सुझाव लिन विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले छलफलका क्रममा नेपालका विकास साझेदार संस्थाहरुले सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका बताए ।

अर्थमन्त्री खतिवडाले नेपालका विकास साझेदार संस्थाहरुसँग नेपालले वैदेशिक लगानीलाई भित्रयाउन आवश्यक कानुनी, नीतिगत र संरचनागत तयारी गरेको पनि जानकारी गराएका थिए ।

नेपालमा वैदेशिक लगानी भित्रयाउन सरकारले दोस्रो पटक लगानी सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा मूल आयोजक समितिनै गठन गरेको छ । अर्थमन्त्री खतिवडाले सो सम्मेलन सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);