देउवाले बेलायतसँगको सम्बन्धलाई अझै सुदृढ बनाउने बताए | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

देउवाले बेलायतसँगको सम्बन्धलाई अझै सुदृढ बनाउने बताए

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चाहेको बताएका छन ।

sher bahadur

काठमाडौं, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चाहेको बताएका छन । नेपाल भ्रमण रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले बेलायत सरकारले नेपालको विकासमा पुर्याउदै आएको सहयोगको प्रशंशा समेत गरे ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर दिनेश भट्टराईले जानकारी दिए । भेटमा बेलायती रक्षामन्त्री ल्यान्क्यास्टरले नेपालमा सहयोगको क्षेत्र विस्तार गर्न बेलायत सरकार तयार रहेको बताएका थिए । भेटमा प्रधानमन्त्री देउवाले बेलायती रक्षामन्त्री ल्यान्क्याष्टरसँग बेलायतमा कार्यरत नेपाली सैनिकहरुको सेवा र सुविधाका विषयमा पनि चासो व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);