बुढानीलकण्ठ पुगेर प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बुढानीलकण्ठ पुगेर प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् ।

भेटमा भारतीय राजदूत क्वात्राले नेपाल र भारतबीचको सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न प्रधानमन्त्री देउवासँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले बधाई र शुभकामनाका लागि राजदूत क्वात्रालाई धन्यवाद दिए । उनले दुई देशहरूबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्झना पनि गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);