उपप्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपप्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, २२ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गर्नुभएको हो । भेटमा भारतीय राजदूत क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिनुभएको थियो । नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिनुभएको थियो ।

क्वात्राले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो । राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उहाँले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार जानुभएको हो ।

क्वात्रा आइतबार नेपाल आउनुभएको थियो । यसअघि फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाउनुभएको हो । मञ्जिवसिंह पुरी यसअघि नेपालका लागि भारतीय राजदूत हुनुहुन्थ्यो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);