भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । 

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए । 

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिती रहेको थियो । राजदूत क्वात्राले कार्यक्रमका प्रधानसेनापति शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई सम्मान गरेका थिए । 

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक भएको जनाए । 

स्थापना भएको ५७ वर्षको अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);