भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री, कोभिशिल्ड खोपबारे चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री, कोभिशिल्ड खोपबारे चर्चा

काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धको सबै महत्वपूर्ण पक्षहरुमा सार्थक छलफल भएको थियो । भारतमा आउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप आपूर्तिको बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी राजदूत क्वात्राले पनि भेटमा विविध क्षेत्रहरुमा साझेदारीलाई निरन्तरता दिनेबारे सकारात्मक कुराकानी भएको उल्लेख गरेका छन् ।  

यसैबीच परराष्ट्रमन्त्री खड्कासँग आजै नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले भेट गरेका छन् । भेटमा पारस्परिक हितको मामिलामा दुई देशहरुबीच सहयोग र साझेदारीलाई विस्तार गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);